
२९ चैत्र २०७७
भनिन्छ पति पत्नी सातै जनम एक अर्कासँग नछुटिने कसम खाएर बन्धनमा बाँधिएका हुन्छन् ।
तर केही घटनाहरु स्वार्थ र पैसाको बलमा यस्ता पनि हुन्छन् जसले श्रीमान श्रीमती, आफ्ना भन्ने सबैलाई भुल्न बाध्य बनाउने रहेछ ।
भारतको तामिलनाडुमा एक यस्तै घटना घटेको छ । ५५ वर्षीया ज्योतीले आफ्नै ६२ वर्षका श्रीमानलाई पैसाको लोभमा मारेकी छन् ।
तीन करोड भारुका लागि आफ्नो श्रीमानको विभत्स हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले आफ्नो काकाको छोरासँग मिलेर श्रीमानको हत्या गरेको बताइएको छ ।
उक्त हत्यालाई उनले दुर्घटना बनाउन खोजेकी थिइन् ।
यस कामका लागि उनले आफ्नो काकाको छोराको मदत लिएकी थिइन् ।
रंगराजन लामो समयदेखि रियल स्टेटको विजनेश गर्दै आइरहेका थिए ।
गएको महिना उनी एउटा दुर्घटनामा पनि परेका थिए ।
उपचारका लागि अस्पताल भर्नाका भएका श्रीमानलाई उनकी श्रीमतीले डिस्चार्ज गरेर घर लैजान चाहिन् ।
दुवै जना मिलेर उनको हत्याको षड्यन्त्र रचेका थिए ।
जब उनीहरु पेरुमानल्लुर पुगे तब श्रीमती र उनको भाइै मिलेर रंगराजनलाई गाडीमा नै जिउँदै जलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जब प्रहरीले पत्नी र उनको भाईसँग बयान लियो तब प्राप्त प्रमाण र उनीहरुले दिएको बयान मिलेन ।
त्यसपछि प्रहरीले कडाईका साथ सोधपुछ गर्दा उनीहरुले विमाको पैसा पाउन हत्या गरेको स्वीकार गरे ।