१२ चैत्र २०७७, बिहिवार

एजेन्सी, भारतमा कोरोना भाइरसको महामारीले पुन त्रास फैलाएको छ । बितेको २४ घण्टामा देशभर ५३ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

पाँच महिनाको अवधिमा भारतमा बुधबार एकैदिन ५० हजार बढी संक्रमित फेला परेका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५३ हजार ४७६ नयाँ संक्रमित फेला परेका छन् । २ सय ५१ जनाको मृत्यु भएको छ ।

साथै २६ हजार ४९० जनाले कोरोना जितेका छन् । भारतमा हालसम्म १ करोड १७ लाख ८७ हजार ५३४ जना कोरोनाबाट संक्रमित भएका छन् ।

अहिले एक्टिभ संक्रमितको संख्या ३ लाख ९५ हजार १९२ जना रहेको छ । भारतमा हालसम्म कोरोनाका कारण १ लाख ६० हजार ६९२ जनाको मृत्यु भैसकेको छ ।

भारतमा हालसम्म ५ करोड ३१ लाख ४५ हजार ७०९ जनाले कोरोना खोप लगाइसकेका छन् ।

होलीको मुखमा फैलिएको कोरोना महामारीका कारण सरकार चिन्तित देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय