१९ फागुन २०७७, बुधवार

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ९ जना प्रदर्शनकारीको मृत्यु भएको छ। रोयटर्सका अनुसार बुधबार प्रदर्शनमा उत्रिएका ९ जनामाथि गोली लागेर मृत्यु भएको हो। म्यानमारको दोस्रो ठूलो सहर मन्डलेमा झडप हुँदा दुई जनाको मृत्यु भएको प्रत्यक्षदर्शी तथा समाचारहरूले जनाएका छन्।

https://amzn.to/4myfPN5

अर्का एक जनाको रंगुनमा प्रहरीले गोली चलाउँदा मृत्यु भएको हो।

द मोनीवा ग्याजेटका अनुसार पाँच जनाको केन्द्रीय सहरमा गोली हानेर हत्या भएको हो।

त्यस्तै, अर्का एक जनाको केन्द्रीय सहर मिङयानमा हत्या गरिएको २५ वर्षीय विद्यार्थी अभियन्ता मोइ मियिन्त हेइनले जानकारी दिए।

‘उनीहरूले गोली चलाएका थिए। एक जनाको हत्या भयो, उनी जवान किशोर हुन्, जसको टाउकोमै गोली ठोकिएको थियो,’उनले भने।

हेइनको पनि खुट्टामा चोट लागेको छ। उनले टेलिफोनमार्फत् रोयटर्सलाई जानकारी गराएका हुन्।

सैनिक परिषद्ले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन।

दक्षिणपूर्वी एसियाली छिमेकी राष्ट्रहरूका विदेश मन्त्रीहरूले आङ सान सुकीलाई रिहा गर्न र प्रजातन्त्रको पुनर्स्थापना गर्न आग्रह गरेको अर्को दिन म्यानमारमा हिंसा भएको हो।

म्यानमारमा गत फेब्रुअरी १ गते सैनिक कू भएयता प्रदर्शनमा कम्तिमा पनि ३० जनाले ज्यान गुमाएको रोयटर्सले जनाएको छ। सेनाले त्यहाँ एक वर्षको लागि संकटकालको घोषणा गरेको छ।

सुरक्षा अधिकारीहरूले कम्तिमा पनि ३ सय जना प्रदर्शनकारीहरूलाई रंगुनबाट नियन्त्रणमा लिएको छ।

एक अभियन्ताले बताएअनुसार कयौं नेताहरू पनि समातिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर