२ फागुन २०७७, आइतवार

विश्वमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १० हजार १० जनाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा दुई हजार दुई सय चार जनाको मृत्यु भएको छ भने ८३ हजार नौ सय ३६ जना संक्रमित थपिएका छन् ।

हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या दुई करोड ८१ लाख ९४ हजार छ सय २५ जना संक्रमित भएका छन् भने चार लाख ९५ हजार नौ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्यामा भारत दोस्रो स्थानमा छ । भारतमा हालसम्म १ करोड ९० लाख चार हजार सात सय ३८ जना संक्रमित भएका छन् भने एक लाख ५५ हजार ६ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा मात्रै १२ हजार एक सय ८८ जना संक्रमित थपिएका छन् भने ८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा ब्राजीलमा एक हजार४६ जनाको मृत्यु भएको छ भने ४५ हजार पाँच सय ६१ जना संक्रमित थपिएका छन् ।

मेक्सिकोमा पछिल्लो २४ घन्टामा एक हजार तीन सय २३ जनाको मृत्यु भएको छ भने बेलायतमा छ सय २१, रुसमा पाँच सय २, इटालीमा तीन सय ११, जर्मनीमा तीन सय ७९ जना, कोलम्बियामा दुई सय २९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर