२५ माघ २०७७, आइतवार

विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १० करोड ६३ लाख २८ हजार ४४ पुगेको छ ।

गत २४ घण्टामा थप ४ लाख २१ हजार ४९६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा १० हजार ९९८ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख १८ हजार ८७६ पुगेको वल्र्डोमिटसले जनाएको छ ।

तीमध्ये ७ करोड ८१ लाख १४ हजार १८६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ३८ हजार ८२४ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५८ लाख ९४ हजार ९८२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ४ हजार ४१७ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७५ लाख १९ हजार ६३६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ७२ लाख ६८ हजार ५१७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ७३ हजार ५२८ पुगेको छ ।

हाल अमेरिकामा ९७ लाख ७७ हजार ५९१ सक्रिय संक्रमित छन् । ती मध्ये २२ हजार ४०६ गम्भिर बिरामी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर