२५ माघ २०७७, आइतवार

रुसले विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गरिएको आन्दोलनमा सहभागी भएको आरोपमा स्वीडेन, जर्मनी र पोल्याण्डका राजदूतलाई देशनिकाला गर्ने बताएकोछ ।

https://amzn.to/4myfPN5

गत महिना नाभाल्नीको समर्थनमा भएको आन्दोलनमा उनीहरु सहभागी भएको रुसले बताएको छ । रुसले उक्त आन्दोलनलाई अवैध आन्दोलन भएको बताउँदै आएको छ ।

रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राजदूतहरुको गतिविधि स्वीकार्य नरहेको बताएको छ ।

साथै रुसले अन्य मुलुकका कूटनीतिक अधिकारीले अन्तर्राष्ट्रिय कानुन कडाइका साथ पालना गरुन् भन्ने अपेक्षा रहेको बताएको छ ।

पछिल्लो समय पश्चिमा मुलुकहरुसँग रुसको तनाव बढिरहेको अवस्थामा रुसले केही राजदूतहरुलाई देशनिकाला गर्ने निर्णय गरेको हो । युरोपेली संघ (ईयू)ले भने रुसको यो कदमको विरोध गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर