२१ माघ २०७७

विश्वभरि अहिले कोभिड–१९ विरुद्ध खोप अभियान चलिरहेको छ ।

मागअनुसार विभिन्न देशमा उत्पादित ती खोपको आपूर्ति हुन नसेकेकाले पनि खोप लगाउन तछाडमछाडको स्थिति रहेको छ ।

साथै, खोप लगाउन पाउनेहरूले आफूलाई निकै भाग्यमानी पनि ठान्ने गरेका छन् ।

तर, दुःखको कुरा केही स्थानमा खोपको कारण नराम्रो साइड इफेक्ट पनि देखिएका छन् ।

तर, त्योभन्दा दुःखको कुरा कोरोना भाइरसविरुद्धको एक वा दुवै डोजको खोप लिइसकेकाहरू मध्ये पनि केहीमा पुनः कोरोना पोजेटिभ देखिएको खबरहरू सार्वजनिक हुन थालेका छन् ।

अमेरिकाको कंग्रेसका तीनैजना डेमोक्रेटिक सदस्य न्युयोर्कका एड्रियानो एस्पाइल्लाट, मास्साचुसेत्सका स्टेफन लिन्च तथा लोरी ट्राहनमा यो समस्या देखिएको हो ।

अन्य विभिन्न पेसामा संलग्नहरूमा पनि यो समस्या देखिएका छन् ।

अहिले हल अफ फेम बास्केटबल प्रशिक्षक रिक पिटिनो र क्यालिफोर्नियाका एक नर्स यो समस्या भोगिरहेका छन् ।

विशेषज्ञहरूले यो समस्या खोपबाटै आएको हो वा होइन भन्ने यकिन गर्न सकेका छैनन् ।

कोरोना भाइरसविरुद्धका फाइजर–बायोएनटेक र मोडर्ना खोप निकै प्रभावकारी भए पनि शत प्रतिशत ग्यारेन्टी भने दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर