१५ माघ, २०७७

एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । २९ जना गम्भीर घाइते भएका छन् ।

https://amzn.to/4myfPN5

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर