
१३ माघ २०७७, मंगलवार
एफए कप फुटबलमा टोटनह्यामले जित हात पारेको छ ।
चौथो चरण अन्तर्गत गएरातीको खेलमा टोटनह्यामले विकोम्बेविरुद्ध ४-१ को फराकिलो जित हासिल गरेको हो ।
विकोम्बेको मैदानमा भएको टोटनह्यामको जितका लागि तान्गुय एनडोम्बेलेले २ गोल गरे ।
ग्यारेथ बेल र ह्यारी विन्क्सले १-१ गोल गरे । खेलमा सुरुवाती अग्रता भने विकोम्बेले लिएको थियो ।
जितपछि टोटनह्याम प्रतियोगिताको पाँचौँ चरणमा प्रवेश गरेको छ ।
अब टोटनह्याम क्वाटरफाइनल प्रवेशका लागि एभर्टनको सामना गर्नेछ ।
क्वाटरफाइनलका खेलहरु ११ फेब्रुअरीमा हुनेछ ।