१२ माघ २०७७, सोमवार

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या साढे दुई करोड नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा दुई करोड ५१ लाख २५ हजार पुगेको छ ।

अमेरिकामा राष्ट्रपति परिवर्तन भएको केही दिनमा नै कोरोना संक्रमितको संख्या पनि साढे दुई करोड नाघेको हो ।

बाइडनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सही योजना ल्याउन नसकेका कारण कोरोना महामारी उत्कर्षमा पुगेको बताउँदै आएका छन् ।

उनले कोरोना संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण योजना पनि ल्याइसकेका छन् ।

उनले आफ्नो पहिलो एक सयदिनमा कोरोना महामारी नियन्त्रणमा आउने दाबी गर्दै आएका छन् ।

विश्वभर देखिएको समग्र संक्रमितमध्ये अमेरिकामा मात्र एक चौथाइभन्दा धेरै संक्रमित फेला परेका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोनाबाट चार लाख १९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

अमेरिकाले कोरोना खोपले मुलुकमा महामारी अन्त्य गर्ने विश्वास लिँदै आएको छ ।

यद्यपि अमेरिकामा खोप वितरणको काम राम्रोसँग अघि बढ्न नसकेको र केही स्थानमा खोपको अभाव भएको समाचार आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर