
१२ माघ २०७७, सोमवार
लद्दाखपछि भारत र चीनका सैनिकबीच सिक्किममा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो ।
झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् ।
तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो ।
यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए ।
यस क्रममा चीन र भारतका सैनिकबीच भएको झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमकाअनुसार अहिले स्थिति तनावपूर्ण रहेपनि स्थिर छ ।
भारतीय वरिष्ठ सैनिक अधिकारीका अनुसार सीमामा मौसम खराब भएपनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यस विषयलाई लिएर लद्दाखको मोल्डोमा आइतबार भारतीय र चिनियाँ सैनिक अधिकारीबीच राति अबेरसम्म वार्ता भएको थियो ।
१५ घण्टासम्म चलेको वार्ताका निर्णयहरु अहिल्यै नै सार्वजनिक गरिएको छैन् ।
तर भारतले सीमामा शान्ति कायम राख्न अपिल गरेको छ । एजेन्सी