११ माघ २०७७, आइतवार

विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ९२ लाख नाघेको छ ।

https://amzn.to/4myfPN5

वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख ७४ हजार ५४७ संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड ९२ लाख ९८ हजार ७४७ पुगेको हो ।

तीमध्ये ७ करोड १३ लाख ५१ हजार ५०९ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा थप ४ लाख ३६ हजार १८९ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा थप १३ हजार ८२३ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख २८ हजार ७५५ पुगेको हो ।

हाल विश्वभर २ करोड ५८ लाख १८ हजार ४८३ सक्रिय संक्रमित छन् ।

ती मध्ये १ लाख १० हजार ८८४ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ५५ लाख ६६ हजार ७८९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ५३ लाख ३० हजार ९४९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ६३५ पुगेको छ ।

हाल अमेरिकामा ९८ लाख ८ हजार २०५ सक्रिय संक्रमित छन् । ती मध्ये २६ हजार ९९८ गम्भिर बिरामी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर