९ माघ २०७७, शुक्रवार

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल घरेलु मैदानमा पराजित भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएसँगै लिभरपुलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

लिभरपुल ६८औँ खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो ।

लिभरपुलको यो सिजनको तेस्रो हार हो ।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे ।

उनले खेलको ८३औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

हारपछि लिभरपुल ३४ अंकसहित चौथो स्थानमा रहेको छ ।

बर्नली १९ अंक जोडेर १७औँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर