स्पेनको मुर्सियामा बिदेशी कामदारहरुलाई शोषण गरेको भन्दै प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

 द ओलिभ प्रेस मा छापिएको समाचार अनुसार ति ब्यबसायीले बिदेशी कामदारहरुलाई न्युन तलबमा धेरै समय जोखिम पूर्ण काम लगाएका थिए ।

https://amzn.to/4myfPN5

उनले दिनको १२ घण्टा सम्म काम लगाएर हप्ताको ७५ युरो मात्र दिएको पाइएको छ।

कामदारलाई कृषि क्षेत्रको जोखिमपूर्ण काम मा बिना सुरक्षा लगाइएको समाचारमा उल्लेख छ।

कामको क्रममा खतरायुक्त हातियारले लागेर घाइते भएको अवस्थामा समेत काम गर्न बाध्य पारीएको जनाइएको छ।

केही दिन अघि उनले ७ जना कामदारहरुलाई भ्यानको पछाडि सामाजिक दुरि कायम नगरिकन कोचेर फिल्डमा लैजादै गरेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो

त्यसपछि अनुसन्धान गर्दा बिदेशी कामदारलाई शोषण गरेको देखिएपछि ति ब्यबसायीलाई पक्राउ गरेको हो ।

५३ बर्षका उनलाई कामदारलाई शोषण गरेको, इलिगल आप्रबासन तथा मानव तस्करी गरेको आरोपमा अनुसन्धान भैरहेको जनाइएको छ ।

उनका २ वटा कम्पनि बन्द गरिएको छ भने बैंक खाता रोक्का गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर