
६ माघ २०७७, मंगलवार
भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ।
गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।
घटनामा १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ ।
ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।