५ माघ २०७७, सोमवार

लियोनल मेस्सीले बार्सिलोनाको खेल जीवनमा पहिलोपटक रातो कार्ड पाएका छन् ।

स्पेनिस सुपर कपको आइतबार राति भएको फाइनल खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् ।

बार्सिलोनालाई पराजित गरेर एथ्लेटिको बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

बार्सिलोनाबाट ७५३ औँ खेलमा सहभागी भएका मेस्सीले अतिरिक्त समयको अन्तिम समयमा रातो कार्ड पाएका हुन् ।

भिएआर मार्फत घटनाको रिभ्यू गरिएपछि मेस्सीलाई रातो कार्ड दिइएको हो ।

बार्सिलोनाले दुईपटक एन्टोनी ग्रिजम्यानको गोलबाट अग्रता लियो ।
तर एथ्लेटिको बिल्बाओका लागि ओस्कार डी मार्कोस र भिल्लालिब्रेले बराबरी गोल गरे ।
अन्तिम समयमा इनाकी विलियम्सले एथ्लेटिकोका लागि विजयी गोल गरे ।
एथ्लेटिको बिल्बाओले सन् १९८५ यता दोस्रो पटक उपाधि जितेको हो ।

१२० औँ मिनेटमा बिल्बाओका गोलरक्षक भिल्लालिब्रेसँग मेस्सीको टकराव भएको थियो ।

सोही कारण उनले रातो कार्ड पाएका हुन् ।

मेस्सी यसअघि दुईपटक रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए, ती दुवै समय उनले राष्ट्रिय टिमबाट खेलेका थिए ।

बार्सिलोनाबाट पहिलोपटक रातो कार्ड पाएका मेस्सीमाथि कम्तिमा चार घरेलु खेलमा प्रतिबन्ध लाग्न सक्ने छ

प्रतिक्रिया

सम्बन्धित खवर