४ माघ २०७७, आइतवार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।

कोरोनाको नयाँ प्रजाति पुराेनाभन्दा संक्रामक भएको विवरण आइरहेका बेला डब्ल्यूएचओले भर्खर सुरु वर्ष अझ खराब हुन सक्ने अनुमान गरेकाे हाे।

बीबीसीका अनुसार सुरुमा बेलायतमा देखापरेको कोरोनाको नयाँ स्वरूप अहिले ५० देशमा फैलिसकेको छ। नयाँ कोरोनाले बेलायतमा संक्रमितको मृत्युदर ह्वात्तै बढेको बताइएकाे छ।

यस्तै दक्षिण अफ्रिकामा देखापरेको कोरोनाको नयाँ प्रकार पनि अन्य २० वटा देशमा फैलिसकेको छ।

जापानमा पनि कोरोनाकै अर्को नयाँ प्रकार देखिएको त्यहाँका अधिकारीले बताएका छन्।

उनीहरूका अनुसार चार जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको हो। ती मानिस ब्रजिलमा संक्रमित भएर आएको अनुमान गरिएको छ।

विज्ञहरूले भने हाल विकास गरिएका खोप नयाँ प्रकारको कोरोनाविरुद्ध पनि उत्तिकै प्रभावकारी हुने दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर