
एजेन्सी, २ माघ । स्पेनिस सुपरकपको दोस्रो सेमिफाइनलमा रियल म्याड्रिडलाई पराजित गर्दै एथलेटिको बिल्वाओ फाइनलमा पुगेको छ
। गएराति भएको खेलमा रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै बिल्वाओ फाइनलमा पुगेको हो ।
अब उपाधिको लागि बिल्वाओले सोमबार राति बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल
सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
बिल्वाओलाई फाइनलमा पुर्याउनको राउल गार्सिया नायक बने । बिल्वाओको लागि दुवै गोल उनले नै गरे । रियलका करिम बेन्जेमाले
एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।
खेलको १८औं मिनेटमा राहुल गार्सियाको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । उनले ड्यानी गार्सियाको पासमा गोल गरेका थिए ।
३८औं मिनेटमा लुुकास भाज्क्वेजले पेनाल्टी बक्समा इनिगो मार्टिनेजलाई लडाएपछि प्राप्त पेनाल्टीमा गार्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै
बिल्वाओको अग्रता दोब्बर पारे ।
७३औं मिनेटमा करिम बेन्जेमाले एक गोल फर्काउदै रियललाई खेलमा फर्कन संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल
फाइनल पुग्न असमर्थ बन्यो ।