२७ पौष २०७७, सोमवार

भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सिड्नीमा टेष्टको अन्तिम दिन चार सय सात रनको चुनौती पछ्याएको भारतले ५ विकेटको क्षतिमा ३ सय ३४ रन बनाउँदा समय सकिएको थियो । भारतका लागि ऋषब पन्तले ९७, चेतेश्वर पुजाराले ७७ तथा रोहित शर्माले ५२ रन बनाए ।

अष्ट्रेलियाका जोस हाज्लेउड र नाथन लायनले २–२ विकेट लिए ।

यसअघि चौथो दिन अष्ट्रेलियाले ६ विकेटको क्षतिमा ३ सय १२ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

क्यामरुन ग्रिनले ८४ तथा स्टिभ स्मिथले ८१ रन बनाएका थिए ।

अष्ट्रेलियाले पहिलो इनिङ्समा म्यान अफ द म्याच स्मिथको एक सय ३१ रनको मद्धतले ३ सय ३८ रन बनाएको थियो भने भारत दुई सय ४४ रनमा समेटिएको थियो ।

खेलपछि चार खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ ।

पहिलो खेल घरेलु टिमले जित्दा दोस्रो खेल भारतले जितेको थियो ।

अब श्रृंखलाको छिनोफानो अन्तिम खेलबाटै हुने भएको छ । चौथो तथा अन्तिम खेल आगामी शुक्रबारदेखि ब्रिसबेनमा हुनेछ ।

यसअघिको तीन खेलको एक दिवसीय अष्ट्रेलियाले २–१ ले र तीन खेलको ट्वेन्टी–ट्वेन्टी भारतले २–१ ले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर