२६ पुस २०७७
प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, आर्सनल र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

शनिबार राति भएका खेलहरु जित्दै यी क्लब राउण्ड अफ ३२ मा पुगेका हुन् ।

युनाइटेडले घरेलु मैदानमा वाटफोर्डलाई १-० ले हरायो ।

युनाइटेडको जितमा खेलको पाँचौ मिनेटमै स्कट म्याटोमिनेले गरेको गोल निर्णायक बन्यो ।

यस्तै आर्सनलले न्यूकासल युनाइटेडलाई २-० ले हरायो ।

निर्धारित समयमको खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा दुई गोल गर्दै आर्सनलले खेल जितेको हो ।

३० मिनेट थप गरिएको खेलमा बर्सनलका लागि एमिल स्मिथ रोवेले १०९औं र पिएरे एमरिक ओबामेयाङले ११७औं मिनेटमा गोल गरे ।

उता लेस्टरले स्टोक सिटीलाई ४-० ले हरायो ।

लेस्टरका लागि जेम्स जस्टिनले ३४औं, मार्क अल्ब्रिङ्गटनले ६०औं, आयोज पेरेजले ७९औं र हार्भे बार्न्सले ८१औं मिनेटमा गोल गरे । एजेसि

प्रतिक्रिया

सम्बन्धित खवर