एजेन्सी, पाैष २१ बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध कोरोनाको नियम

तोडेको भन्दै ऊजुरी दर्ता भएको छ । यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए ।

उनीहरु इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नुको साटो आफ्नो घर गए । यद्यपि, उनीहरु तिनैजनामा कोरोनाको कुनै पनि लक्षण देखिएको

छैन । अनुसन्धानपश्चात् प्रहरीले सोमबार तीनजना विरुद्ध ऊजुरी दर्ता गरेको छ ।

स्रोतका अनुसार उनीहरु तीनैजनाको इन्स्टिच्युशनल क्वारेन्टिनको बन्दोबस्त मुम्बईको ताज ग्रान्ड होटलमा मिलाइएको थियो । उनीहरु

त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दथ्यो तर उनीहरु भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट घर गए । त्यसपछि मुम्बई

महानगरपालिका (बीएमसी) ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको छ ।

एक हप्तासम्म अनुसन्धान गरियो । उनीहरु तीनैजनाको बयान पनि लिइएको छ । महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने

सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर