१६ पौष २०७७, बिहिवार

कुवेत सरकारले अवैधानिक वसेका नेपालीसहित बिदेशी श्रमिकहरुलाई दिएको आममाफी एक महिना थपेको छ ।
अवैधानिक वसेका बिदेशी कामदारलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्न दिएको अवसर डिसेम्बर ३०मा सकिएकोमा पुन एक महिना थपिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।
बसोबास गर्न चाहनेले जनवरी सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने छ भने
स्वदेश फर्कन चाहनेले जरिवाना तिरेपछि निश्चित अवधि पाउने छन र त्यो अवधिमा फर्कनु पर्नेछ । यसरी फर्किएका भने फेरी कुवेत जान पाउने छन । तर अटेर गर्नेलाई कानूनी उपायहरू अपनाउदै डिपोट गरिने छ भने फेरी फर्किएर कुवेत जान नपाईने अरव टाइम्सले जनाएको छ  । कुवेतले यस अघि दिएको आममाफिमा एक हजार जनाले त्यसको फाईदा लिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर