१५ पौष २०७७, बुधवार

एजेन्सी । क्रोयसियामा मंगलबार ६.४ म्याग्नेच्यूडका भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

मृत्यु हुनेमध्ये १ जना १२ वर्षीया बालिका समेत रहेको बीबीसीले जनाएको छ । सैयौं मानिस घाइते भएका छन् भने सैयौं घरहरू भत्किएका छन् । अहिले पनि उद्दारको कार्य जारी रहेको सरकारी एन१ टेलिभिजनले जनाएको छ ।

सोमबार पनि क्रोयसियामा ५.२ रेक्टर स्केलको भूकम्पको कम्पन महसुस गरिएको थियो । भूकम्पको झड्का ब्रोसिया, सर्बिया र इटलीमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर