एजेन्सी

चीनको उत्तर पूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेका छन् । मिडियामा प्रकाशित रिपोर्ट अनुसार हमलामा सातजनाको मृत्यु भएको छ ।  हमलामा सातजना घाइते पनि भएका छन् ।  सरकारी समाचार एजेन्सी शिन्ह्वाको रिपोर्ट अनुसार प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ । यद्यपि, हमला के कति कारणले गरियो, त्यसको कुनै स्पष्ट जानकारी भने छैन । एक प्रत्यक्षदर्शीले एससीएमपीलाई दिएको जानकारी अनुसार हमला एक स्कूल बाहिरबाट सुरु भएको हो  लियू उपनाम भएकी एक महिलाले भनिन्, ‘यो त राहतको कुरा हो कि आज स्कूल बन्द छ । नभए थुप्रै मानिस यसको शिकार हुने थिए ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर