१२ पौष २०७७, आइतवार

जापान सरकारले बिदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ।

https://amzn.to/4myfPN5

नयाँ कोरोना भाइरस फैलने जोखिम बढेको भन्दै जापान सरकारले आफ्नो देशमा बिदेशीहरुलाई आउन प्रतिबन्ध लगाउन लागेको हो।

बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले सोमवारबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउन लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो प्रतिबन्ध जनवरी अन्त्यसम्म जारी रहने जापानटुडेले जनाएको छ।
यो नियमबाट थाइल्यान्ड, भियातनाम, दक्षिण कोरिया र ताइवानलगायत १० देश भने प्रभावित हुने छैनन्। नेपालीहरुका लागि भने यो प्रतिबन्ध लागू हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर