११ पौष २०७७, शनिवार

कोरोनाभाइरसको नयाँ प्रकार फ्रान्समा पनि देखा परेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको हो।

https://amzn.to/4myfPN5

लक्षण केही नदेखिएपनि उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ। बेलायतमा नयाँ स्वरुप देखिएपछि फ्रान्सले नाकाबन्दी लगाएको थियो । तर बुधवार नाका खोलिएको थियो । यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र नेदरल्यान्ड्समा पनि पाइएको थियो।नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्दै थुप्रै देशले बेलायतमा आउने र जाने उडान रद्द गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर