११ पौष २०७७, शनिवार

कोरोना भाइरसको नयाँ प्रकार (स्वरूप) फ्रान्समा पनि फेला परेको छ । बेलायतमा उक्त नयाँ स्वरूपकाे भाइरस तीव्र रूपमा फैलिएकाे केही सातापछि नै फ्रान्समा पनि देखिएकाे त्यहाँ अधिकारीहरूले जनाएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

केही दिनअघि बेलायतबाटै फ्रान्स फर्किएका एक व्यक्तिमा उक्त भाइरस फेला परेको बताइएकाे छ । भाइरसकाे याे नयाँ स्वरूप चाँडै फैलने खालको खतरनाक भएको बताइएको छ । तर याे कत्तिकाे घातक छ भन्ने कुरा चाहिँ यकीन हुन सकेकाे छैन ।

यही १९ डिसेम्बरमा लण्डनबाट फर्किएका ती व्यक्ति टुअर्स सहरमा बस्ने गरेको र हाल उनी आइसोलेसनमा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ भाइरस फेला परेपछि युराेपेली र अन्य मुलुकले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर