शुक्रबार, पुस १०, २०७७

एजेन्सी– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान टोलीका फरवार्ड इडन हाजार्डको उपचारलाई लिएर चनाखो छन् । भविष्यमा थप चोट लाग्न नपाओस् भन्नका लागि जिदान बढी सचेत देखिन्छन् ।

हाजार्ड साता अघि नै चोटमुक्त भएको मेडिकल टोलीले जनाइसकेको थियो । तर जिदानले हाजार्डलाई एइबारविरुद्ध खेलमा उतारेनन् । त्यस्तै ग्रानाडासँगको खेलमा पनि हाजार्ड देखिएनन् । उनलाई वार्म अप सम्म पनि गर्न लगाएनन् ।

‘मेरो विचारमा त्यो सहि समय थिएन,’ जिदानले भने,‘ कठीन खेल थियो ।’ केहि समय लिएर मात्र हाजार्डलाई मैदान फर्काउने तयारीमा रहेका जिदान हाजार्डले अब थप चोट बोक्नु नपरोस् भन्नेमा बढी जोड दिइरहेका छन् । अब खेलाउँदा उनी पूर्ण रुपमा फिट भएको उनी हेर्न चाहन्छन् । त्यसकारण उनलाई छिट्टै शारीरिक वा मानसिक दबाबमुक्त राखिएको छ ।

विगतमा हाजार्ड पटक पटक चोट ग्रस्त भएका कारण पनि उनी बढी सचेत देखिएका छन् । टोली दबाबमा परेको समयमै बढी जसो हाजार्ड घाइते हुदै आएका छन् । जसले गर्दा केहि समय लिएर हाजार्डलाई फर्काउने तयारीमा जिदान छन् ।

ग्रानडासँगको खेललाई कठीन मानेका जिदानले मार्को एसेन्सियो र भिनिसियसलाई उतारेका थिए । हाजार्डलाई सम्भवत डिसेम्बर ३० मा इल्चविरुद्ध हुने खेलमा उतारिनेछ । त्यसमा पनि उनलाई पूरा नभइ केहि समय मात्र खेलाउन सक्छन् । लयमा देखिएका बखत हाजार्डलाई कोरोना संक्रमण भएको थियो । कोरोनामुक्त भएको केहि दिनपछि उनलाई चोट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर