१० पौष २०७७, शुक्रवार

एजेन्सी- कुवेतका प्रधानमन्त्री शेख सबाह अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले कोरोना विरुद्धको खोप लगाएका छन् ।

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप उनीहरुले लगाएका हुन ।

कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन् ।

यस्तै कुवेतका स्वास्थ्य मन्त्री डा. सबाहले पनि खोप लगाउँदै भाइरसविरूद्ध खोप अभियान सुरु गरिएकाले अब जोखिम केही कम हुने जनाएका छन् ।

उपप्रधानमन्त्री र क्याबिनेट मामिला राज्यमन्त्री अनास अल-सालेह, कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष, हिलाल अल-सयेर, र प्रतिनिधि हमद अल-हर्षानीले कोरोनाविरूद्ध खोप लगाएका छन् । पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर