८ पौष २०७७, बुधवार

पछिल्लो दुई दिनमा राजधानीमा थिम्पुमा मात्रै कम्तीमा २६ जना नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि भुटान सरकारले आजबाट देशव्यापी लकडाउन शुरु गरेको छ । यसअघि मंगलबार नै प्रधानमन्त्री लोटे छिरिङले संक्रमणको जोखिम रोक्नका लागि बुधबार (आज)बाट कम्तीमा एक सातासम्म देशव्यापी लकडाउन गर्न लागिएको घोषणा गरेका थिए ।

‘थिम्पुमा ५ जना, पारोमा ३ जना र एक जना लामो जिखामा नयाँ केश भेटियो । यो स्थानीय संक्रमण हो । त्यसकारण हामीले भोलिबाट नै देशव्यापी लकडाउनको घोषणा गर्नुपरेको हो,’ प्रधानमन्त्री छिरिङले हिजो देशवासीलाई सम्वोधन गर्नै क्रममा बताएका थिए ।

उनले थिम्पुमा कति केश छन् भनेर थाह नभएको तर दुई दिनमा २६ नयाँ केश भेटिएको भने जानकारी भएको बताए । आफूहरुसंग परीक्षणका लागि १ लाख किट रहेको र आवश्यक परे पाँच लाखसम्म पु¥याउन सकिने बताए । मंगलबारसम्म भुटानमा ४७९ नयाँ कोरोना संक्रमित पुगेका छन् । त्यसमध्ये ४३० जना निको भइसकेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर