८ पुस २०७७ वुधवार

कतार सरकारले आज वाट कोरोनाको अहिलेसम्मको सवैभन्दा ठुलो खोप कार्यक्रम देखि शुरु गर्देछ ।  प्रेस सम्मेलन गर्दे हमाद मेडिकल कर्पाेरेशनका सक्रामक रोग प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले यो खोप डिसेम्वर २३ देखि जनवरी ३१ सम्म चल्ने वताए ।

खोपको पहिलो प्राथमिकतामा ७० वर्ष भन्दा माथिका र दिर्घकालिन रोग भएका र १६ वर्ष भन्दा माथिका ब्यक्तिहरुलाई, कोरोनाका विरामिको उपचारका लागि खटिएका स्वास्थकर्मिहरु रअन्य कर्मचारीहरुलाई, मुख्य मन्त्रालयमा पहिलो उत्तरदाताको भुमिका भएका ब्यक्तिहरुलाई, थप खोप उपलब्ध भएपछि अन्य ब्यक्तिहरुलाई समेत दिईने वताईएको छ ।

खोप कतारका सात प्राथमिक स्वास्थ केन्द्रहरु अल वज्वा,लीवाइव,अल रुवैस, उम सलाल,रावदत्त अल खैल,अथ थुमामा र मुयैथर वाट प्रदान गरिने जनाईएको छ । जानकारी अनुसार एपोइन्टमेण्टका आधारमा खोप लगाउन यि सात स्वास्थ केन्द्र मध्ये एकमा फोन वा एसएमएस मार्फत वोलाईने समेत जानकारी दिईएको थियो । खोप निशुल्क हुने वताईएको छ । २०२१ सम्ममा कतारले सवै नागरिकहरुलाई खोप उपलब्ध गराईसक्ने जनाएको छ ।ब्यूएनखवरवाट

 

 

प्रतिक्रिया

सम्बन्धित खवर