७ पौष २०७७, मंगलवार

एजेन्सि/

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भारतीय जनता पार्टी (बिजेपी) का नेता तथा सांसद सौमित्र खानले आफ्नी श्रीमती सुजता मण्डल अर्काे पार्टीमा प्रवेश गरेको भन्दै  सम्बन्ध विच्छेदको घोषणा गरेका छन्।   भारतीय सञ्चारमाध्यमका अनुसार सुजाता सोमबार तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेकी हुन्।

सोही रिसमा बीजेपी सांसदले पत्नी सुजताले गरेको निर्णयप्रति आफ्नो असहमति रहेको भन्दै आजैका मितिदेखि उनलाई परित्याग गरेको घोषणा गरेका हुन्।   सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यहाँका हजारौं नागरिकले मलाई भोट दिएका छन्, पार्टीप्रति मेरो महत्वपूर्ण दायित्व छ। म बीजेपीका लागि लड्छु।’  सांसद खानले सोमबार भने,  ‘आज तिमीविरुद्ध म सम्बन्ध विच्छेदको निवेदन दिन्छु। आजदेखि तिमीलाई छाड्दै छु।’

प्रतिक्रिया

सम्बन्धित खवर