३ पौष २०७७, शुक्रवार

कोरोनाका कारण विदेशी श्रमिकको मृत्यु भएसगै मलेशियाले थप सर्तकता वढाएको छ ।

तोकिएको स्तर अनुरुपको आवासको व्यवस्था गर्न सरकारी निकायले रोजगारदाताहरुलाई सजग गराएको छ । मलेशियाको सरकारी सञ्चारमाध्यम बनर्माका अनुसार मलेशियाको श्रम विभागका  निर्देशक जीनि याकोबले आवास व्यवस्थापनको मापदण्ड पुरा नगर्ने रोजगारदातालाई कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले मलेशियाको आवास सम्वन्धि न्यूनतम मापदण्ड, १९९० अनुरुप विदेशी श्रमिकको आवास व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

कोभिड-१९ का कारण टप ग्लोव्समा काम गर्ने एकजना नेपाली श्रमिक र अर्को एक छुट्टै सेक्युरिटी कम्पनीमा काम गर्ने गरि दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

सो घटनापछि मलेशियाका कम्पनीहरुले विदेशी श्रमिकलाई उचित व्यवहार नगरेको भन्दै आलोचना सुरु भएपछि मलेशियाको सम्वन्धित सरकारी निकायको यस्तो धारणा सार्वजनिक भएको हो ।

समाचारमा जनाइए अनुसार न्यूनतम मापदण्ड पुरा नगर्ने रोजगारदाताहरुलाई ५० हजार रिंगिटसम्म जरिवाना वा एक बर्ष जेल सजाय वा दुवै हुन सक्ने जनाइएको छ ।

यसअगाडी गत डिसेम्वर ३ मा मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले मलेशियामा रोजगारदाताले विदेशी श्रमिकलाई उपलव्ध गराउने होष्टल ९० प्रतिशतले न्यूनतम मापदण्ड पुरा नगर्ने बताएका थिए । मलेशियामा हाल वैधानिक रुपमा काम गर्ने विदेशी श्रमिकको संख्या १४ लाखको हाराहारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर