२पुष २०७७ बिहीबार

नेपाल वायुसेवा निगमले आजदेखि  नयाँ दिल्ली उडान भर्दैछ।  नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ।  आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमानले काठमाडौंबाट दिल्लीका लागि उडान भर्नेछ।

त्यहि जहाजले दिल्लीबाट करिब चार जना बिजनेस क्लास र १ सय ४ जना इकोनोमिक क्लासको यात्रु बोकेर काठमाडौं फर्किनेछ।

कोरोना महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर