२पुष २०७७  एजेन्सी

स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडमाथि जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २-१ ले पराजित गरेकाे हाे ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक-एक गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए । ४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको जित दिलाए ।

जितसँगै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा उक्लिएकाे छ । बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर