२९ साउन २०७७
बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी नौ वर्षीय सुशीलकुमार साहको उपचार अभावमा मृत्यु भएको मृतकका बुवाले आरोप लगाउनु भएको छ ।


सामान्य ज्वरो, झाडा–पखाला र बान्ताले सिकिस्त भएका बालकलाई साउन बीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
साउन २६ गते बिहान जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गङ्गा पन्तको सहयोगमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएपनि बालकलाई उपचार गर्न भर्ना कक्षमा चिकित्सक नगएकोले सुशिलको मृत्यु भएको मृतकका भिनाजु उपेन्द्र साहले आरोप लगाउनु भयो ।
शुरुमा बालकलाई लिएर उहाँहरू तराई अस्पताल, एलएस न्यूरो अस्पताल, भवानी हस्पिटल, नारायणी अस्पताल पुग्नु भएको तर कहीँपनि आइसीयु खाली छैन भन्दै भर्ना गर्न नमानेर अन्तिममा पर्सा एसपी पन्तलाई हारगुहार गरेपछि साउन २६ गते नेशनल मेडिकल कलेजमा भर्ना भएको मृतकका आफन्ते भने ।
कलेजले बिरामी उपचारका लागि आफुहरूसँग दुई सेट पीपीइ सेटसमेत खरिद गर्न लगाएको उपेन्द्रले बताउनु भयो ।
बीरगञ्जका सबै अस्पतालहरूबाट फर्के पछि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको तर बचाउन नसकिएको अस्पतालश्रोतल वताएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर