काठमाडौं — सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच आज महत्वपूर्ण भेटवार्ता हुँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, संविधान कार्यान्वयन, संसदीय सहकार्य, आगामी नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनजस्ता विषयमा केन्द्रित भएर गम्भीर छलफल हुने बताइएको छ।

तीन शीर्ष नेताहरूबीचको यो बैठकले हालको राजनीतिक अस्थिरता र आपसी विश्वास अभिवृद्धि गर्न सहकार्यका बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर