५ फागुन, काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा घाइते भएका थिए। बेलुन फुटेर घाइते भएका मन्त्री पौडेललाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको छ।

शनिबारको घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने अझै उपचाररत रहेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालका अस्पतालमा भइरहेको थियो। अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिए कि मन्त्री पौडेलको घाउ निको हुँदै गएको छ र फोक्सोमा कुनै खराब असर नभएको कारण उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको हो।

त्यसैगरी, मेयर आचार्यको स्वास्थ्य अवस्था भने उच्च रक्तचापका कारण चिन्ताजनक रहेको छ। उनको उपचारलाई अघि बढाउँदै हृदयरोग विशेषज्ञसँग परामर्श पछि केही दिन थप उपचार गरिने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर