वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि
प्रकाशित : २०७७ आश्विन २०, मंगलवार
२० असोज२०७७ वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरुमा कोरोना पोजिटिभ देखिएको हो । आचार्यले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका हुन् ।उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा बस्दै पीसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।