श्रावण २६, २०७७

प्युठानमा नेपाली सेनामा कार्यरत १४ जना सैनिकसहित २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका अनुसार ईन्द्रध्वज गण प्यूठानको आन्तरिक क्‍वारेन्टिनमा बसेका १४ जना, स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्‍वारेन्टिनमा बसेका ६ जना, १ जना मल्लरानी गाउँपालिका र १ जना जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेकामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर