![](https://rastradaily.com/wp-content/uploads/2020/09/Gokarneshwor.jpg)
१३ असोज २०७७, मंगलवार
काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले आगामी असोज १६ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको र स्वास्थ्य सतर्कता अपनाएर विद्यालय खोल्न सकिने सरोकारवालाको निष्कर्ष रहेकाले विद्यालय खोल्ने निर्णय गरिएको नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिए ।
अभिभावक, शिक्षक लगायत सबै सरोकारवालासँग पटकपटक छलफल गरी विद्यालय सञ्चालन गर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । विद्यालयले विद्यार्थी संख्याका आधारमा कायम हुन सक्ने भौतिक दूरी पालना तथा पूर्ण स्वास्थ्य सुरक्षाको अवलम्बन गरी विद्यालय सञ्चालन गरिने उनले बताए ।