१३ असोज २०७७, मंगलवार

नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा कोरोनामुक्त हुने क्रममा हुनुहुन्छ ।

यसैबीच क्याप्टेन लामाले आफूसहित सम्पूर्ण संक्रमितहरुको उपचारमा अहोरात्र खटिने स्वास्थ्य परिचारिक अर्थात नर्सहरुलाई भित्री हृदयबाट धन्यवाद व्यक्त गर्नु भएको छ ।

आफ्नो फेसबुक पेजमा आफूसहित नर्सहरुको तसिबर शेयर गर्दै क्याप्टेन लामाले मंगलबार बिहान एउटा स्टाटस लेख्नु भएको छ ।

उहाँले आफ्नो सटाटसमा लैख्नु भएको छ —‘चिन्न सक्नु हुन्छ र यसरी पीपीइ लगाएर अहोरात्र खटिएका छन् नर्सहरु । एकचोटी पीपीई लगाएपछि छ–सात घण्टापछि मात्र फुकाल्छन् लगाएको बेला न त खान या पानी पिउन पाइन्छ। न त शौचालय प्रयोग गर्न पाउनु हुन्छ । पसिनाले छ्याप् छ्यापती हुँदा पनि केही गर्न मिल्दैन । त्यसपछि फेरि अर्को सिफ्टको लागि पीपीई लगाइ हाल्नु हुन्छ ।’

क्याप्टेन लामाले आम सर्वसाधारणले एक छिन मास्क लगाउँदाको अनुभव शेयर गर्दै लेख्नु भएको छ—‘ हामीले एकछिन मास्क लगाउँदा त सास फेर्न गाह्रो भयो भनेर निकाल्छौं, यस्तो कठिन अवस्थामा रहेर आफ्नो ज्यानलाई जोखिममा राखेर पनि हामीलाई सन्चो बनाउनको लागि खटिनु भएका सबैमा मेरो हृदय देखि नै नमन अनि आभार । तपाईंहरुको समर्पण, त्या, सेवा र हेरचाहका लागि हृदयबाटै धन्यवाद ।’ जय चन्द्र सुर्य ।’

प्रतिक्रिया

सम्बन्धित खवर