८ असोज २०७७, बिहिवार

इलाम । कोरोना विरुद्धको सुरक्षाका लागि पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का संघीय सांसद पछिल्लो समय सक्रिय रुपमा लागेछन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनले आफनो जिल्लामा कोरोना विरुद्धको लडाइका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्दै आएका छन् । गत भदौको पहिलो साता आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८ सय थान पिपिई र १ हजार ५ सय थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।खनालले भरखरै इलाम अस्पतालका लागि २५ थान पिपिई र १ सय थान गगल्स वितरण गरेका छन् ।

विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री वितरण गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनालले स्वास्थ्य सुरक्षा सामाग्री इलाम अस्पतालका प्रतिनिधीलाई हस्तान्तरण गरे । चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा खनालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर