१७ भाद्र २०७७, बुधवार
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ८ सय ८४ पुगेको छ।
निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा तीन सय ८१ जना संक्रिय संक्रमित रहेका छन्। डोटीमा एक सय २९, बझाङमा एक सय २६, अछाममा एक सय दुई र कञ्चनपुरमा ५७ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।
यस्तै बैतडीमा ५५, डडेल्धुरामा १९, बाजुरामा ८ र दार्चुलामा सात जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। संक्रिय संक्रमित मध्ये ९४ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ।
टीकापुर अस्पतालमा ३०, सेती प्रादेशिक अस्पतालमा २९, महाकाली अस्पतालमा २१, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई÷दुई जना संक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ।
कैलालीका एक सय चार, अछामका १५, डडेल्धुराका ११ र कञ्चनपुरका चार गरी एक सय ३८ जना संक्रमित भने आफ्नै घरमा रहेका छन्। अन्य संक्रमितलाई स्थानीय तहले बनाएको आईसोलेसनमा राखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका झण्डै पाँच हजारले कोरोना जितेका छन्। अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३९ जना निको भएर घर फर्किएका छन्।
यस्तै डोटीका आँठ सय १८, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।
बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।