
१७ श्रावन २०७८, आइतवार
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
आज सक्रमित हुनेहरुमा बुटवल उपमहानगरपालिकामा २७ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, तिलोत्तमा नगरपालिकामा १३ जना, सैनामैना नगरपालिकामा २ जना, देवदह नगरपालिका र मायादेवी गाउँपालिकामा १/१ जना रहेका छन् ।
हाल जिल्लामा ३९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।