
१७ श्रावन २०७८, आइतवार
वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।
साउन ७ गतेको मन्त्रालयको निर्णयले खोप लगाएको प्रमाणीकरण गर्नको लागि उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताल तोकेको थियो ।