२०७८ श्रावण १३, बुधबार

पाल्पाका शिक्षकहरुले कोभिड १९ विरुद्धको खोप नपाएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने भएका छन ।नेपाल शिक्षक महासंघ जिल्ला समिति पाल्पामा संयुक्त रुपमा बसेको भेलाले कोभिड विरुद्धको खोप नलगाउँदासम्म बोर्ड परीक्षा, अन्लाइन तथा अफलाइन कक्षा लगायत सबै प्रकारका शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

आज जिल्ला प्रशासन कार्यालय पाल्पा तथा स्वास्थ्य कार्यालय पाल्पामा खोप व्यवस्थापनको लागि शिक्षक महासंघले ज्ञापनपत्र बुझाईएको छ ।

त्यसैगरी कक्षा ११ को परीक्षा स्थगन गर्ने, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न तय गरेको कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई कोभिड बिरुद्धको खोप नपुग्दासम्म अन्य शिक्षकहरुले पनि खोप नलगाउने निर्णय गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघका उपाध्यक्ष शारदा पाण्डे, प्याब्सन उपाध्यक्ष्य महेशमान बज्राचार्य, अखिल नेपाल शिक्षक संगठनका सहसचिव कपिल कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति अध्यक्ष दीर्घनारायण आचार्य, नेपाल शिक्षक महासंघ जिल्ला समिति पाल्पाका अध्यक्ष धनकला गाहा, मायादेवि घर्ती, टिकाराम ढकाल, हिरा आचार्य लगायतका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर