९ श्रावन २०७८, शनिवार

धेरै जसो फलफूलको बोक्रा हामी त्यतिकै फाल्छौं । तर फलफूलको बोक्रा हामीले धेरै काममा प्रयोग गर्न सक्छौं ।

सुन्तलाको बोक्रा

सुन्तला भिटामिन सी ले भरपुर फल हो । भिटामिन हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सक्नुहुन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।

केराको बोक्रा

केराको बोक्रामा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी–सिक्स, बी–१२, म्याग्नेसियम र कार्बोहाइड्रेट हुन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन५ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

खरबुजाको बोक्रा

खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दाद, एक्जिमाको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।

अनारको बोक्रा

अनारको बोक्राको प्रयोग छालाका लागि निकै राम्रो मानिन्छ । घाममा जानूभन्दा पहिले यदि तपाईंलाई सनस्क्रिन लगाउँदा एलर्जी हुन्छ भने अनारको बोक्राको पेस्ट लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई दाग धब्बाबाट जोगाउँछ र घामले डढ्नबाट पनि जोगाउँछ ।

मेवाको बोक्रा

मेवा एउटा यस्तो फल हो जसले कब्जियत, अपच, ग्यासजस्ता समस्याबाट छुटकारा दिलाउँछ । यसका साथै यसको बोक्रा पनि छालाका लागि निकै फाइदाजनक मानिन्छ । मेवाको बोक्रा अनुहारमा लगाउँदा विभिन्न प्रकारका लाभ पाइन्छन् । यसमा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले यसले चाउरीपनाबाट राहत प्रदान गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर