७ श्रावन २०७८, बिहिवार
अचेल मानिसहरु भुईमा सुत्न मनपराउदैनन निकै महगो महगो खाटमा सुत्छन तर खाटमा सुत्नु भन्दा भुईमा सुत्दा शरिरलाई निकै आराम हुन्छ । के के फाईदा छ त भुईमा सुत्दा पढौ ।

गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।

कम्मर दुख्ने समस्या छ भने भुइँमा सुत्न थाल्नुस् ।

काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् ।

शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् ।

भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।

 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर