६ श्रावन २०७८, बुधवार

उखुको जुस स्वास्थ्यका लागि कति पाइदाजनक छ । ल एक पटक पढौ त कस्तो फाईदा हुदो रैछ उखुको जुसबाट

उखुको जुसमा अत्यधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जुन हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ ।
मृगौलामा पत्थरी हुनबाट पनि यसले बचाउँदछ । मृगौला (किडनी)ले राम्रोसँग काम गरिरहेको भए पनि उखुको जुस निकै सहयोगी हुन्छ ।

उखुको जुस महत्वपूर्ण आयुर्वेदिक औषधी पनि हो । यसले हाम्रो कलेजोलाई पनि शक्ति प्रदान गर्दछ ।

पहेँले रोग (कमलपित्त) को उन्मूलनमा उखुको जुस सेवन वरदान सरह नै हुन्छ ।
जुसको अर्को विशेषता यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन पनि राम्रो सहयोग मिल्दछ ।

यदि तपाईंको साँस गन्हाउँछ भने तपाईंले उखुको जुस सेवन गर्नुपर्छ । यसो गरेमा चाँडै नै साँस गन्हाउने समस्याबाट राहत मिल्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर